Dr. Raju Adhikari

जीवनशैली, वैज्ञानिक अध्यात्म तथा योग प्रशिक्षण, पुस्तक लेखन एवम् वातावरण संरक्षणका क्षेत्रमा परिचित नाम हो, डा. राजु अधिकारी । भारतको हरिद्वारस्थित देव संस्कृति विश्वविद्यालयबाट योग विज्ञान एवम् मानव चेतना विषयमा स्नातकोत्तर र विद्यावारिधि गरेका अधिकारी नेपाल, भारत र अमेरिकामा ‘मोटिभेसनल ट्रेनर’ तथा ‘लाइफ कोच’को भूमिकामा रमाइरहेका छन् । खाने कसरी पिउने कसरी, योग पनि गरौं भोग पनि गरौं, यस्तो होस् जीवनशैली, आखिर रोज्ने के ?, तपाईंका लागि योग, जिन्दगी रिल्याक्स प्लिज !, परिवार सुख, संस्कारी बन्ने काइदा, विवाहअगाडि विवाहपछाडि, हजुरलाई विशेष उपहार, बालबालिका र योगाभ्यास, सुयोग्य सन्तति, नैतिक सुखवाद र जीवन मूल्यहरु पुस्तक प्रकाशन गरिसकेका अधिकारी वाग्मती सफाइ महाअभियानका अवधारणाकारसमेत हुन् ।

राष्ट्रिय युवा प्रतिभा पुरस्कार र भागीरथी पुरस्कार (भारत)बाट सम्मानित अधिकारीले भारतका पूर्वराष्ट्रपति एपिजे अब्दुल कलामबाट योग विज्ञान विषयमा स्वणर्पदकसमेत पाएका छन् । ध्यान, यात्रा, स्वयम्सेवा, लेखन र आन्तरिक खोजमा रमाउनु अधिकारीका दैनिकी हुन् ।