निधन नहुन्जेल मानिसलाई धन चाहिन्छ । वास्तवमा रोज्नु पर्ने साधनाहो तर मान्छे साधन रोज्दा रोज्दै थलिएको छ । योगमार्ग रोजे सुख पाइन्छ तर मान्छेहरू रोगमार्ग राज्न उन्मत्त छन् । अनि कसरी मिल्छ सुख ?
नियत ठुलो कि नियम? जोकसैलाई थाहा छ कि नियम भन्दा नियत ठुलो हो । तर बिचरा मान्छे रोज्न नजानेर नियम खोजि हिँड्छ । मान्छेको जीवन साँच्चिकै चित्र विचित्र, वाद, पथ, मार्ग, सिद्धान्त र मान्यताले जेलिएको छ । यस्तो अवस्थामा आखिर रोज्ने के ? पुस्तकले सप्रमाण, सअभिमत एवं स–सन्दर्भ उत्तर खोज्ने र बाटो रोज्ने उपाय बाँड्ने प्रयास गरेको छ । आखिर रोज्ने के पुस्तक पाठकका सयौँ प्रश्न र हजारौँ तर्क वितर्कलाई एउटै प्याकेजमा सम्बोधन गर्ने एक अनुपम कृति हो ।
लेखक: डा. राजु अधिकारी
प्रकाशक: फाइन प्रिन्ट
Reviews
There are no reviews yet.