जिन्दगीमा हामी धेरै कुरा सिकिरहेका हुन्छौँ तर खाने पिउने कला सिकिरहेका हुँदैनौँ । त्यसैले हामीमध्ये अधिकांश मानिस निरोग सुखबाट वञ्चित भएर बाँचिरहेका हुन्छौँ । भनिन्छ, खान पिउन जान्नेका लागि जीवनमा सुखैसुख छ,नजान्नेका लागि भोजन नै दुःखको कारण हो । खाने कसरी पिउने कसरी, यो ग्रन्थ जिन्दगीमा सुखै सुखको चाबी खोल्ने कडी हो ।
डा. राजु अधिकारीको पहिलो पुस्तक खाने कसरी पिउने कसरी एक किसिमको ‘भोजन गीता’ हो । हरेक भान्साको साथी बनाइनु पर्ने यो पुस्तक पढ्न मानिकै रसिलो छ । विषयवस्तुका दृष्टिले वैज्ञानिक र प्रस्तुतिका दृष्टिले कलात्मक छ। पुस्तक समग्रमा पठनीय, मननीय र सङ्ग्रहणीय छ । समग्र स्वास्थ्य रजीवनशैलीको ढोका खोल्न उत्प्रेरित गर्ने यो पुस्तक स्वयंलाई पनि उपहार हो र अरु कसैलाई उपहार दिनका लागिपनि एक उत्कृष्ट विकल्प हो ।
लेखक: डा. राजु अधिकारी
प्रकाशक: फाइन प्रिन्ट
Reviews
There are no reviews yet.