शरीरको सुख, मनको शान्ति र आत्माको आनन्द यी तीन सम्पत्ति नै जीवनका असली सम्पत्ति हुन् । ‘अथ रिल्याक्स जिन्दगी आरम्भम्’ यसको अर्थ हो कि ‘अब म आनन्दयुक्त र सुन्दर जिन्दगी जिउन आरम्भ गर्नेछु’ । यसैका निमित्त लेखिएको एक सानदार हात ेपुस्तक हो जिन्दगी रिल्याक्स प्लिज ।
यो पुस्तक विशेष रुपले तपाइँकालागि नै लेखिएको हो । तपाइँ प्रत्येक प्रिय पाठकका लागि । यस भित्र जिन्दगीमा सुख र शान्तिभर्नेे सूत्रबद्ध जीवन–मन्त्रहरू गणितका अङ्कझैं प्रस्तुत गरिएका छन् । प्रस्तुत गरिएका जीवन–मन्त्रहरू पूर्वीय जीवन पद्धति र पश्चिमा जीवन पद्धतिका निचोडका रूपमा रसिलो तरिकाले समावेश गरिएका छन् । ढुक्क हुनुहोस् यो पुस्तक नाफैनाफाको सौदा हो ।
जो आज र अहिल्यै खुसी हुँदैन, ऊ कहिल्यै खुसी हुँदैन । भोलिको के भरोसा ?आज र अल्यिै थाल्नुहोस् जिन्दगीलाई थप रिल्याक्स बनाउन । यसले खुशी निम्त्याउने ३९ शानदार सूत्र समेटेको छ । सबै सूत्रहरू कला विज्ञान र जीवन दर्शनको स्पर्शले ओतप्रोत छन् । जिन्दगी रिल्याक्स प्लिज एक यस्तो पुस्तक हो जसले खुशी मंत्रलाई बडो व्यवहारिक तरिकाले चित्रण गरेको छ ।
लेखक: डा. राजु अधिकारी
प्रकाशक: फाइन प्रिन्ट
Reviews
There are no reviews yet.