यस्तो होस् जीवनशैली जिन्दगीका सूर, लय र तालहरू मिलाउन सहयोग गर्ने आयुर्ग्रन्थ हो । सबैलाई अवगत छ कि स्वथकर र व्यवस्थित जीवनशैली नै आराग्य, आनन्द र आत्म प्रगतिको आधार हो । अस्तव्यस्त जिन्दगीमा उल्लास र उमङ्ग हँदैन । उल्लास र उमङ्ग नभएको व्यक्तिमा प्राणशक्ति हुदैन । प्राणशक्ति नभएपछि जिन्दगी बाँचेर पनि मुर्दातुल्य हुन्छ । आफ्नो काँधमा आफ्नै मुर्दा बोकेर हिड्नुमा के मजा ?
वास्तविक मजा त्यहाँ छ, जहाँ जिन्दगी प्रतिपल जिउँदो हुन्छ । जिन्दगी तब सम्म मात्रै जीवित मानिन्छ, जब सम्म यसमा लय र गत्यात्मकता हुन्छ । यसैको नाम जीवनशैली हो । यस किताबले जीवशैलीका विविध आयाम र व्यायाम, आहार विहार र यौन र यौवनलाई कलात्मक शैलीमा प्रस्तुत गरेको छ । पढ्नलाई रसिलो, सोच्नलाई खँदिलो र लागू गर्नलाई गहकिलो सामग्री यस किताबको विशेषता हो ।
लेखक: डा. राजु अधिकारी
प्रकाशक: फाइन प्रिन्ट
Reviews
There are no reviews yet.