रोग, भोग र शोकलाई जितेर जिन्दगी हँसाउने कला नै योग हो । खाना, निद्रा, मनोरञ्जन जति अत्यावश्यक छ आज आएर योग त्यो भन्दा बढी आवश्यक छ । शरीर, श्वास र मनलाई जोड्ने त्रिवेणी हो । योगा जसले योगको त्रिवेणीमा नुहाउने प्रयत्न गर्छ ऊ योगी बन्दछ । योगी नै असली रूपमा निरोगी बन्छ । योगी नै वास्तवमा उपयोगी हुन्छ । योगी नै तनावबाट वियोगी हुन्छ । तपाईंका लागि योग पुस्तकले पाठकलाई निरोगी र उपयोगी ध्येय बोकेको छ ।
योग र योगाभ्यास अनि ध्यान र धारणा सम्बन्धी ‘क’ देखि ‘ज्ञ’ सम्मका प्रश्नको उत्तर यस पुस्तकभित्र समेटिएको छ । रसिलो शब्द, चोटिला चित्र र हँसिला सन्दर्भहरूले पुस्तक भरिपूर्ण छ । अष्टाङ्ग योग र यस अन्तर्गत आसन, प्राणायाम, ध्यान र कर्मयोग बारेमा पुस्तकको युग सान्दर्भिक विवरण प्रस्तुत गरेको छ ।
लेखक: डा. राजु अधिकारी
प्रकाशक: फाइन प्रिन्ट
Reviews
There are no reviews yet.